Skip

Hamro Sanchar

रौतहटमा स्कुटर दुर्घटना : दुई किशोरको ज्यान गयो, दुई घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ३० गते


Advertisement

रौतहट । रौतहटमा स्कुटर दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

सोमबार दिउँसो राजदेवी नगरपालिका–१ झुनखुनवाबाट मोतीपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर अनियन्त्रित भएर पुलमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा यमुनामाई नगरपालिका–५ जमुआ टोलका १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवान गम्भीर घाइते भएका थिए।

उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएका उनीहरूलाई चिकित्सकले दिउँसो ४ः३० बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा १५ वर्षीय आकाश पासवान र भारतको सीतामढीका १७ वर्षीय सुनिल पासवान पनि घाइते भएका छन्।

आकाशको गौरमै उपचार भइरहेको छ भने टाउकोमा चोट लागेका सुनिललाई थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ


प्रतिकृया दिनुहोस्