Skip
आज : २०८३ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बझाङमा अटो दुर्घटना, मृतकको सङ्ख्या ४ पुग्यो (अपडेट)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ३० गते


Advertisement

बझाङ । बझाङमा अटो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ। दुर्घटनामा एक जना बालक घाइते भएका छन्।

जिल्लाको बुंगल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडकमा आज बिहान अटो दुर्घटना भएको हो।

टुमेडा गाउँबाट बुंगल नगरपालिका–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटोको ब्रेक फेल भएर करिब ९०० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा बुंगल नगरपालिका–१० की ४० वर्षीया राजमति महरा, १६ वर्षीया तारा महरा, ६ वर्षीया डल्ली महरा र ५ वर्षीय रियास महराको मृत्यु भएको छ।

अटोमा चालकसहित ६ जना सवार थिए। दुर्घटनामा परेका १३ वर्षीय विक्रम महरा सकुशल घर गएको प्रहरीले जनाएको छ।

अटो चालक बुंगल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातली प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्