Skip
आज : २०८३ कार्तिक २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्लेअफ पुग्ने पहिलो टोली बन्यो लुम्बिनी, कर्णालीको प्लेअफ यात्रा संकटमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २६ गते


Advertisement

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।

आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल बाँकी छँदै प्लेअफमा स्थान सुरक्षित गरेको हो।

कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६।४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीका डार्शी सर्टले सर्वाधिक ४६ रन बनाए भने दिलिप नाथ २८ रनमा अविजित रहे।

यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमै समेटिएको थियो। सोमपाल कामीले २८ र हुसेन तलतले २४ रन बनाए।

लुम्बिनीका अभिशेष गौतम, डार्शी सर्ट, किशोर महतो र रोहित पौडेलले समान २ विकेट लिए।

जितसँगै ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा छ। यता लगातार चौथो हार बेहोरेको कर्णाली ४ अंकसहित सातौँ स्थानमा झरेको छ।

उसको प्लेअफ सम्भावना निकै कमजोर बनेको छ।


प्रतिकृया दिनुहोस्