काठमाडौं । कप्तान सन्दीप लामिछानेको ह्याट्रिकसहित ६ विकेटको उत्कृष्ट प्रदर्शनमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ।
आज भएको जितसँगै विराटनगरको नेपाल प्रिमियर लिग ९एनपीएल० को प्लेअफ सम्भावना बलियो बनेको छ भने पोखरा प्रतियोगिताबाट बाहिरिएको छ।
पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९।२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
विराटनगरका बसिर अहमदले ३७, लोकेश बमले ३३ र इसुरु उडनाले अविजित २५ रन बनाए।
त्यसअघि पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको थियो। पोखराका युवराज सम्राले सर्वाधिक ८४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।
विराटनगरका सन्दीपले ६ विकेट लिँदै जारी सिजनको पहिलो ह्याट्रिक गरे।
























