काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको भीषण माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । भने ६ जना घाइते भएका छन्।
आज बिहान काठमाडौंबाट सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो। गाडीमा चालकसहित २० जना सवार रहेको प्रहरीले जनाएको छ
मृत्यु हुनेमा बालबालिकासहित सर्लाहीका यात्रु र चालक रहेका छन्। दुर्घटनामा घाइते भएका तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जनालाई थप उपचारका लागि चितवन पठाइएको छ ।

























