काठमाडौं । बेलायती कमेडियन तथा अभिनेता रसेल ब्रान्डलाई बलात्कार र यौन उत्पीडनको कसुरमा १० वर्ष ६ महिना जेल सजाय सुनाइएको छ।
लन्डनस्थित साउथवार्क क्राउन कोर्टले सन् २००४ देखि २००९ सम्म चार महिलामाथि भएको एक बलात्कार र तीन यौन उत्पीडनका घटनामा उनलाई दोषी ठहर गरेको हो।
अदालतले ब्रान्डले आफ्नो प्रसिद्धि र प्रभावको दुरुपयोग गरेको ठहर गरेको छ। यता ब्रान्डले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए।

























