२२ कार्तिक, काठमाडौं ।पोल्यान्डको क्राकोभ सहरस्थित मुख्य पर्यटकीय चोकमा भएको अन्धाधुन्ध गोली प्रहारमा हुदा ६ जनाको मृत्यु भएको छ । भने १६ भन्दा बढी घाइते भएका छन्।
शनिबार दिउँसो एक बन्दुकधारीले सर्वसाधारणमाथि गोली चलाएका थिए। घटनामा संलग्न पोल्यान्डकै नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले सन्दिग्धको घर खानतलासी गर्दा थप तीन जनाको शवसमेत फेला पारेको जनाएको छ। गोलीकाण्डमा दुई प्रहरी पनि गम्भीर घाइते भएका छन्।
प्रधानमन्त्री डोनाल्ड टुस्कले घाइते प्रहरीलाई वास्तविक नायक भन्दै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।























