काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजयादशमीको दिन आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिएकी छन् ।
यसैगरी, उनले छोरीज्वाइँलाई टीका प्रदान गरिन् ।
उनले बालुवाटारस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए ।































