Skip
आज : २०८३ कार्तिक ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ३ गते


Advertisement

३ कार्तिक, मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

यस रुटमा उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरूले यस वर्ष पर्यटकीय अनुकूलयाम नसकिंदै हवाई उडान सेवा स्थगित गरेको जनाएको छ ।

मुस्ताङमा बर्सेनि दुई याममा निजी क्षेत्रका तारा एयरलाइन्स र समिट एयरलाइन्सका १८ सिटे जहाजले पोखरा—जोमसोम हवाई सेवा सञ्चालन गर्दै आइरहेका छन् ।

जोमसोमस्थित नागरिक उड्ययन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार, अघिल्लो साता तारा एयरलाइन्सले र सोमबारदेखि समिट एयरलाइन्सको नियमित हवाई उडान सेवा बन्द गरेका हुन् ।

मुस्ताङमा अगस्टदेखि नोभेम्बरसम्म पोखरा–जोमसोम हवाई सेवा नियमित रुपमा सञ्चालन हुने गरेको थियो । प्रमुख शर्माका अनुसार, तारा एयरका तीनमध्ये एउटा जहाज मर्मतका भइरहेको र समिट एयरको चारमध्ये एउटाको मर्मतका लागि लैजाने तयारी भइरहेको छ ।

जोमसोमस्थित समिट एयरलाइन्सनका स्टेसन इञ्चार्ज सुमन थकालीले रसुवाको विनाशकारी बाढी घटना र देशका विभिन्न स्थानमा बाढी पहिरोले सडकमार्ग अवरुद्ध हुने जस्ता घटनाका कारण हवाई यात्रुहरूले बुकिङ रद्द गरेका कारण नियमित हवाई उडान स्थगित गर्नुपरेको बताए । यद्यपि चार्टर उडान भने नरोकिने उनको भनाइ छ ।

यी दुई हवाई कम्पनीले बर्सेनि एक हजार २०० भन्दा बढी नियमित हवाई उडान सेवा गर्दै आएका छन्


प्रतिकृया दिनुहोस्