Skip
आज : २०८३ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गोप्य सूचना चुहाउनेलाई गोली हान्नुपर्छ : ट्रम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २९ गते


Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी तथा सैन्य गोप्य सूचना सञ्चारमाध्यममा चुहाउने व्यक्तिलाई जेल हाल्नुपर्ने वा गोली हान्नुपर्ने अभिव्यक्ति दिएका छन्।

एरिजोनाको बुलहेड सिटीमा आयोजित चुनावी र्‍यालीमा बोल्दै ट्रम्पले संवेदनशील सैन्य सूचना सार्वजनिक हुँदा सैनिकको ज्यान जोखिममा पर्ने बताएका हुन्।

सन् २०२५ मा इरानमाथि गरिएको अमेरिकी सैन्य आक्रमणसम्बन्धी गोप्य प्रतिवेदन सञ्चारमाध्यममा सार्वजनिक भएपछि ट्रम्पले सूचना चुहावटको विषय उठाउँदै आएका छन्। उनले विशेषगरी ‘द न्युयोर्क टाइम्स’ र ‘सीएनएन’प्रति असन्तुष्टि जनाएका थिए।

सूचना चुहावटका कारण बमबारी अभियान दुई दिन पछाडि सार्नुपरेको ट्रम्पको दाबी छ। सञ्चारमाध्यमसँग उनको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ।


प्रतिकृया दिनुहोस्