गोरखा । चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकी नदीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ ।
बाढीबाट माछीखोला बजारमा क्षति भएको छ । आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
उङगिलुङ खोला किनारका चार गोठ, त्यहाँ बाँधिएका १५ याक बगेका छन् । पशुको हेरचाहमा बसेका चारजना सम्पर्कविहीन छन् ।































