काठमाडौं । उखु खेतीमा किसानलाई प्रोत्साहित गर्ने उद्देश्यसहित बालेन सरकारले अनुदान वितरणको तयारी अघि बढाएको छ।
यसका लागि चालु आर्थिक वर्ष २०८३र८४ मा १ अर्ब ५० करोड ५० हजार रुपैयाँ निकासा गरिएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ।
उक्त रकम बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरसहित विभिन्न जिल्लाका उखु उत्पादक किसानलाई वितरण गरिनेछ।
सरकारले उखु उत्पादन बढाउने, खेतीप्रति किसानको आकर्षण कायम राख्ने र अनुदानको लाभ वास्तविक किसानसम्म पुर्याउने लक्ष्य राखेको छ।
हाल सरकारले किसानलाई उत्पादन भएको उखुको प्रतिक्विन्टल ७० रुपैयाँका दरले प्रोत्साहन अनुदान दिँदै आएको छ।































