काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न भइरहेको मतदानमा सहभागी हुन सभापतिका उम्मेदवार गगन थापा राष्ट्रिय सभा गृह पुगेका छन्।
थापा बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिहरूसँगै मतदानस्थल पुगेका हुन्। राष्ट्रिय सभा गृहमा बागमती प्रदेशका प्रतिनिधिहरूका लागि मतदानको व्यवस्था गरिएको छ।
आज बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी भए पनि करिब एक घण्टा ढिलो गरी मतदान सुरु भएको हो। यसअघि बिहीबारका लागि तय गरिएको मतदान आवश्यक तयारी पूरा नभएपछि शुक्रबारका लागि सारिएको थियो।
निर्वाचन समितिका अनुसार काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह र खुलामञ्चमा मतदान केन्द्र स्थापना गरी नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको छ।





























