Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस महाधिवेशन : मतदान अब भोलि बिहान ७ बजे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २२ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान फेरि सरेको छ।

अब मतदान भोलि बिहान ७ बजेदेखि सुरु हुने भएको छ।

यसअघि बिहान १० बजेका लागि तोकिएको मतदान समय पटक–पटक सार्दै दिउँसो २ः३० बजेसम्म पुर्‍याइएको थियो। तर, त्यस समयमा पनि मतदान सुरु हुन सकेन।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएपछि आज मतदान हुन नसकेको हो।

समितिले शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने नयाँ समय तय गरेको छ।


प्रतिकृया दिनुहोस्