Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जुम्लामा आज सार्वजनिक बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २२ गते


Advertisement

जुम्ला । कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको छ ।

हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रसिद्ध धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने कार्यक्रम हुने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव लक्ष्मीकुमार विकले जानकारी दिए।

हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने गरिन्छ । मन्दिरको वार्षिक स्थापना दिवसका दिन पुरानो लिङ्गो निकालेर नयाँ लिङ्गो ठड्याउने परम्परा रहिआएको नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले बताए ।


प्रतिकृया दिनुहोस्