Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

घरको छतमा जन्मदिन मनाउँदै थिए, अचानक चट्याङ पर्दा ७ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २० गते


Advertisement

धनगढी । कैलालीमा जन्मदिन मनाउने क्रममा चट्याङ लाग्दा ७ जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा सोमबार राति चट्याङ पर्दा उनीहरू घाइते भएका हुन्।

प्रहरीका अनुसार स्थानीय खुशिलाल चौधरीको घरको छतमा केही व्यक्ति जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजे घरनजिकै चट्याङ परेको थियो।

चट्याङको झिल्काले ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बागमती चौधरी, ७ वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी घाइते भएका हुन्।

घाइते सबैलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। उनीहरूको अस्पतालमै उपचार भइरहेको र सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्