Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गौँथली’को व्यापार २६ करोड नाघ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १९ गते


Advertisement

१९ असाेज, काठमाडौं । साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौँथली’ ले २६ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ।

चलचित्र विकास बोर्डको पछिल्लो तथ्यांकअनुसार प्रदर्शनको ८०औँ दिनसम्म फिल्मले २६ करोड १ लाख ९६ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको हो। यस अवधिमा फिल्मका ९ लाख ४४ हजार २६३ टिकट बिक्री भएका छन्।

‘गौँथली’ नेपाली फिल्म इतिहासमै सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्म बनेको छ भने यो वर्षको सबैभन्दा धेरै कमाउने नेपाली फिल्मसमेत बनेको छ। ५१औँ दिन पूरा गरिसकेको फिल्म अब १०१औँ दिनतर्फ अघि बढिरहेको छ।

डा। कपिल रिजालको निर्देशनमा बनेको फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ। फिल्मका निर्माता सुमन गिरी र डा। कपिल रिजाल हुन्।


प्रतिकृया दिनुहोस्