Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सरकार ढल्छ भन्नेहरू नै आफैं ढल्छन् : रवि लामिछाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १८ गते


Advertisement

१८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले वर्तमान सरकार ५ वर्षसम्म नढल्ने दाबी गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकार ढल्ने हल्ला नगर्न आग्रह गरेका हुन्।

उनले सरकार ढल्छ भन्दै हल्ला फैलाउनेहरू नै बेहोस भएर ढल्ने टिप्पणी गरेका छन्। चाडपर्वपछि सरकारविरुद्ध आन्दोलन हुने चर्चा आफूले सुनेको उल्लेख गर्दै उनले आन्दोलनबाट सरकार ढल्न नसक्ने बताए।

उनका अनुसार सरकार परिवर्तन गर्ने वास्तविक अधिकार जनतासँग मात्रै हुन्छ।

उनले लोकतन्त्र र संविधानको रक्षाका लागि रास्वपा सबै पक्षसँग सहकार्य गर्न तयार रहेको पनि बताए।


प्रतिकृया दिनुहोस्