१८ असोज, काठमाडौं । तनहुँको भानु नगरपालिका–१०, तल्लो मैदानमा आज मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
सोही ठाउँका ४५ वर्षीय शंकर पाण्डे र ६५ वर्षीय टंकनीति पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग१९प ८०६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई थप उपचारका निम्ति अस्पताल पठाइएको थियो ।
छुट्टाछुट्टै अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरी निरीक्षक मनोज पाण्डेले जानकारी दिए ।
मोटरसाइकल चालक शंकरको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । टंकनीतिको उपचारका क्रममा प्रदेश अस्पताल लमजुङमा मृत्यु भएको उनले बताए ।































