काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच बिदाइ भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताउनुभयो।
प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा विपद्का समयमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई तथा आगामी जीवनका लागि शुभकामना दिनुभयो।
भेटमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपालमा विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराउँदै नेपाल सरकार र नेपाली जनताबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो।
































