१३ असोज, काठमाडौं । काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले ९ जना एमडी डाक्टरसहित विभिन्न पदमा जनशक्ति माग गरेको छ।
अस्पतालको कर्मचारी प्रशासन शाखाले मंगलबार सूचना जारी गर्दै अस्थायी दरबन्दीमा करार सेवाका लागि चिकित्सकसहितका कर्मचारी नियुक्त गर्न आवेदन खुलाएको जनाएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले तोकिएको समयभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

































