Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जबरालाई भेट्न रोकेपछि एसएसपी खड्कालाई  आयोगले  बोलायाे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १२ गते


Advertisement

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख एसएसपी सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा हिरासतमा रहेका बेला उनलाई भेट्न नदिएको विषयमा आयोगले खड्कासँग स्पष्टीकरण लिन लागेको हो।

आयोगका सचिव मुरारी खरेलका अनुसार मानव अधिकारको अवस्था तथा संविधानको पालना भएको–नभएको विषयमा जानकारी लिन आयोगको टोली टेकु पुगेको थियो।

तर, टोलीलाई नै हिरासतमा रहेका जबरासँग भेट गर्न नदिएपछि आयोगले त्यसबारे जवाफ मागेको हो।

आयोगले एसएसपी खड्कालाई असोज १३ गते मंगलबार आयोगमा उपस्थित भएर घटनाबारे बयान दिन पत्राचार गरेको छ ।

आयोगका अनुसार टेकु पुगेको अनुगमन टोलीलाई करिब ४५ मिनेटसम्म कार्यालयको गेटमै रोकिएको थियो।

जबरालाई पक्राउ पुर्जीबिनै अपराध अनुसन्धान कार्यालयमा ल्याइएको समाचार सार्वजनिक भएपछि आयोगको टोली अनुगमनका लागि टेकु पुगेको थियो। आयोगले घटनाको अनुसन्धानसमेत अघि बढाएको जनाएको छ।

आइतबार आयोगका सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली जबरालाई भेट्न टेकु पुगेको थियो। त्यसअघि सुरक्षा जोखिम रहेको भन्दै प्रहरी टोलीले जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकु ल्याएको थियो।

जबरालाई हिरासतमा राखिएको घटनामा मानव अधिकार तथा संवैधानिक व्यवस्थाको पालना भएको–नभएको विषयमा प्रश्न उठेपछि आयोगले अनुसन्धान थालेको हो।


प्रतिकृया दिनुहोस्