Skip
आज : २०८३ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मनाङ हिमपहिरो : २ जनाको शव भेटियो, ८ जना अझै बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ११ गते


Advertisement

११ असोज, काठमाडौं । मनाङको हिम्लुङ हिमालमा आइतबार बिहान गएको हिमपहिरोमा परेका दुई जनाको शव फेला परेको छ।

घटनामा अझै ८ जना बेपत्ता रहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार हिमपहिरोमा १० जना बेपत्ता भएका थिए। खोजीका क्रममा दुई जनाको शव फेला परेको हो।

फेला परेका दुवै शव हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल मनाङमा लगिएको छ।

हिमपहिरोपछि २२ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये १२ जना फु गाउँपालिकाको सम्पर्कमा आइसकेका छन्।

अहिले बेपत्ता ८ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्