११ असोज, काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो जाँदा मानवीय क्षतिको आशंका गरिएको छ।
आरोहणका लागि हिम्लुङ पुगेका २२ नेपालीमध्ये करिब एक दर्जन सम्पर्कविहीन भएको बताइएको छ। उनीहरूमा ९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ रहेका छन्।
घटनापछि उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मनाङतर्फ पठाइएको छ। घटनामा कति क्षति भयो भन्ने यकिन विवरण भने अझै प्राप्त भएको छैन ।
































