Skip
आज : २०८३ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नारायणगढ–मुग्लिन सडक खुल्यो, पृथ्वी राजमार्ग पनि साँझसम्म खुलाउने तयारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ११ गते


Advertisement

११ असोज, काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ।

नाम्सीखोला पुलमा थुप्रिएको लेदो र पहिरो हटाएपछि दिउँसोदेखि सवारीसाधन आवतजावत सुरु भएको हो।

सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान ७ बजे खसेको पहिरो हटाएर दिउँसो १२ः१५ बजेदेखि सडक सञ्चालनमा ल्याइएको हो।

उता, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिन खण्डका विभिन्न स्थानमा पहिरो खसेर यातायात प्रभावित भएको छ।

शीतलबजार, गोमती खोला, कृष्णभीर, ज्यामिरेघाट, फिस्लिङ, चुम्लिङटार, धारापानी, घोप्टेभीरलगायत क्षेत्रमा पहिरो र सडक भासिने समस्या देखिएको छ।

सडक आयोजनाका अनुसार अवरुद्ध स्थानमा पहिरो हटाउने काम तीव्र पारिएको छ। ठूलो पहिरो नखसेमा आज साँझसम्म पृथ्वी राजमार्ग पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।


प्रतिकृया दिनुहोस्