Skip
आज : २०८३ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मानवअधिकार आयोगको टोलीलाई जबरासँग भेट्न दिइएन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ११ गते


Advertisement

११ असोज, काठमाडौं । पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्था बुझ्न टेकु पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोलीले उनलाई भेट्न पाएन।

आयोगका सदस्य मनोज दुवाडीको नेतृत्वमा पुगेको टोलीले उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयको गेटमा करिब ४५ मिनेट बिताए पनि जबरासँग भेट गर्ने अनुमति नपाएनको हो । त्यसपछि टोली त्यहाँबाट फर्किएको छ।

प्रहरीले ‘सुरक्षा थ्रेट’ रहेको भन्दै जबरालाई शनिबार राति १२ बजे काठमाडौंस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि उनलाई टेकुस्थित उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयमा राखिएको छ।


प्रतिकृया दिनुहोस्