११ असोज, काठमाडौं । कालीगण्डकी नदीमा आएको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा करिब ८० घर बगेका छन्।
बाढी बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले स्थानीयसँगै घरभित्रका सामानसमेत सुरक्षित ठाउँमा स्थानान्तरण गरेको छ।
बाढीबाट मानवीय क्षति भए–नभएको यकिन हुन सकेको छैन भने अन्य घरहरू पनि जोखिममा छन्।
विद्युत् र फोन सेवा अवरुद्ध भएकाले क्षतिको विस्तृत विवरण संकलनमा समस्या भएको प्रहरीले जनाएको छ ।































