Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

२४ घण्टामा चितवनको माडी कल्याणपुरमा सबैभन्दा धेरै पानी पर्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ११ गते


Advertisement

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न भू-भागमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ।

मौसम मापन केन्द्रका अनुसार सबैभन्दा बढी वर्षा चितवन जिल्लाको माडी कल्याणपुर केन्द्रमा २२२.४ मिलिमिटर मापन गरिएको छ।

यसैगरी मधेश, गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा भएको छ।

उता कोशी र कर्णाली प्रदेशका धेरैजसो स्थानमा भने हल्कादेखि मध्यम वर्षा मापन गरिएको छ।

देशका धेरै क्षेत्रमा एकैपटक वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले तटीय तथा पहिरोग्रस्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रतिकृया दिनुहोस्