११ असोज, काठमाडौं । अविरल वर्षापछि कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढ्दा स्याङ्जा र गुल्मी जोड्ने पक्की बेलिब्रिज बगेको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ जोड्ने पुल राति बगेको गाउँपालिकाले जनाएको छ।
पुल कालीगण्डकी जलविद्युत आयोजनानजिकै रहेको बताइएको छ। घटनाबारे थप क्षतिको विवरण भने आउन बाँकी छ ।
































