Skip
आज : २०८३ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

⁠वर्षासँगै पहिरो : काठमाडौं आउने-जाने मुख्य सडकमा यातायात प्रभावित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ९ गते


Advertisement

९ असाेज, काठमाडौं । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि काठमाडौं जोड्ने प्रमुख सडकहरू अवरुद्ध भएका छन्।

पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथमा बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ।

काठमाडौंको प्रमुख प्रवेशमार्गका रूपमा रहेको त्रिभुवन राजपथ भने अत्यावश्यक सामग्री बोकेका सवारीलाई मकवानपुरतर्फबाट काठमाडौं आउनका लागि एकतर्फी खुला गरिएको छ।

तर, काठमाडौं हुँदै बाहिर जाने सवारीलाई उक्त सडक प्रयोग गर्न रोक लगाइएको छ।

प्रहरीका अनुसार साना सवारीसाधनले हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ तथा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सक्नेछन्। त्यसैगरी टोखा–छहरे र साँखु हुँदै जाने सडक पनि साना सवारीका लागि सञ्चालनमा छन्।

यद्यपि, निरन्तरको वर्षाका कारण वैकल्पिक सडकहरूमा समेत रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने गरिएको प्रहरीले जनाएको छ।

 


प्रतिकृया दिनुहोस्