Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कृष्णभीरमा ठूलो पहिरो, मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ९ गते


Advertisement

९ असोज, काठमाडौं । मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत कृष्णभीरमा ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

पहिरोका कारण सडकको दुवैतर्फ सवारीसाधनको आवागमन ठप्प भएको छ।

कृष्णभीर क्षेत्रमा पहिरो खस्ने क्रम जारी रहन सक्ने भएकाले सडक आसपासको क्षेत्रसमेत जोखिमपूर्ण रहेको प्रहरीले जनाएको छ।

थप पहिरो खस्न सक्ने सम्भावना रहेकाले यात्रुलाई तत्काल जोखिम मोलेर सडकमा ननिस्कन सुरक्षा निकायले आग्रह गरेको छ।

प्रहरीले जोखिमपूर्ण अवस्थामा आफ्नो आग्रह बेवास्ता गर्दै लुकीछिपी यात्रा नगर्नसमेत अनुरोध गरेको छ।

सडक खुलेको आधिकारिक सूचना नआएसम्म यात्रुले सुरक्षित स्थानमै बसेर यात्रा स्थगित गर्न आग्रह गरिएको छ।

सम्भावित थप पहिरो तथा अन्य जोखिमलाई ध्यानमा राख्दै अहिले गन्तव्यमा पुग्नुभन्दा यात्रुको सुरक्षा प्राथमिकतामा राख्न प्रहरीले अपिल गरेको छ।


प्रतिकृया दिनुहोस्