Skip

Hamro Sanchar

बिजुलीको भ्याट छुटबारे अर्थमन्त्रीले कुनै छलफल गरेका छैनन् : सचिवालय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ६ गते


Advertisement

६ असाेज, काठमाडौं । विद्युत् महसुलमा लाग्ने भ्याट छुट फिर्ता गर्ने विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुनै भेटघाट वा छलफल नगरेको उनको सचिवालयले स्पष्ट पारेको छ।

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाले आज विज्ञप्ति जारी गर्दै पछिल्लो समय प्रचारमा आएजस्तो आइतबार साँझ वा अघिल्लो साता अर्थमन्त्रीले उक्त विषयमा कुनै भेटघाट तथा छलफल नगरेको बताएका छन्।

सचिवालयका अनुसार विद्युत्को भ्याटसम्बन्धी विषयमा अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभामा राखेको धारणाअनुसार उपभोक्तालाई राहत दिने तथा विषयलाई थप सहजीकरण गर्ने उद्देश्यले मातहतका निकायबाट छलफल र अध्ययन भइरहेको छ।

सचिवालयले विद्युत् भ्याटसम्बन्धी विषयमा अर्थमन्त्रीको धारणा परिवर्तन भएको भन्ने आशयका प्रचारप्रति समेत स्पष्टता दिएको छ ।


प्रतिकृया दिनुहोस्