Skip

Hamro Sanchar

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ६ गते


Advertisement

६ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार भएको बस आगलागीमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत चालकको सोमबार साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार उनको राति करिब सवा ७ बजे मृत्यु भएको हो।

सोमबार दिउँसो करिब साढे १२ बजे त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्ट्यान्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बा।५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।

आगलागी हुँदा बसमा यात्रु भने थिएनन्। घटनामा चालक गम्भीर घाइते भएका थिए। प्रहरीले उनी अर्काको लाइसेन्स बोकेर हिँडेको जनाएको छ भने मृतकको पहिचान खुलाउने प्रक्रिया भइरहेको बताएको छ ।


प्रतिकृया दिनुहोस्