Skip

Hamro Sanchar

कागेश्वरी मनोहराको प्रमुख प्रशासकीय अधिकृतमा साह, सुवेदी राष्ट्रिय सूचना आयोगमा सरुवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ५ गते


Advertisement

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी राष्ट्रिय सूचना आयोगमा सरुवा भएका छन्। उनको स्थानमा धनुषाको कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धवण कुमार साहलाई कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८३ असोज ५ गते नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका १९ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो।

मन्त्रालयको निर्णयअनुसार साह कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्न आउने भएका छन्। यससँगै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा परिवर्तन हुने भएको छ।

यसअघि कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत सुवेदी राष्ट्रिय सूचना आयोगमा सरुवा भएका छन्।

अन्य स्थानीय तह तथा सरकारी निकायमा पनि सरुवा

मन्त्रालयले गरेको निर्णयअनुसार रुपन्देहीका जिल्ला समन्वय अधिकारी बमबहादुर कुँवरलाई काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा खटाइएको छ। दुधौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तलाई सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका तथा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेललाई जिल्ला समन्वय समिति, डोटीमा खटाइएको छ।

त्यसैगरी, मन्त्रालयको अतिरिक्त समूहमा रहनुभएका उपसचिव अच्युतराज रेग्मीलाई जिल्ला समन्वय समिति, सिन्धुलीमा पठाइएको छ भने गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्कालाई जिल्ला समन्वय समिति, सर्लाहीमा सरुवा गरिएको छ।

मन्त्रालयका उपसचिव रोशनशंकर घिमिरेलाई मालपोत कार्यालय, धादिङमा खटाइएको छ। पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्याललाई गोदावरी नगरपालिका, ललितपुरमा जिम्मेवारी दिइएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद ढकाललाई राष्ट्रपतिको कार्यालयमा खटाइएको छ भने शङ्खरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीलाई गृह मन्त्रालय वा अन्तर्गत पठाइएको छ।

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेललाई भूमिसुधार तथा मालपोत कार्यालय, दाङ (घोराही) मा खटाइएको छ। खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेन्द्रकुमार श्रेष्ठलाई काठमाडौंको दक्षिणकाली नगरपालिकामा पठाइएको छ।

त्यस्तै, राष्ट्रपतिको कार्यालयमा कार्यरत उपसचिव अर्चना खड्का अधिकारीलाई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा खटाइएको छ।

मन्त्रालयको निर्णयसँगै विभिन्न स्थानीय तह तथा सरकारी निकायमा कार्यरत उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी हेरफेर भएको छ।


प्रतिकृया दिनुहोस्