५ असोज, काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भरत दाहालको पक्राउलाई सरकारको स्वेच्छाचारी कदम भन्दै आपत्ति जनाएका छन्।
सरकार नीति र नियमभन्दा बाहिर गएर चल्न थाले लोकतन्त्र नै खतरामा पर्ने चेतावनी दिँदै उनले दाहालको तत्काल रिहाइको माग गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै डा। कोइरालाले भनेका छन्, ‘जब सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थाल्छ, तब त्यो स्वेच्छाचारी हुन थाल्दछ। भरत दाहालको पक्राउ त्यसको पछिल्लो उदाहरण हो।’
क्जष्खबm ऋझभलत
पछिल्लो समय सरकारले देखाएको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनले प्रश्न गरेका छन्, ‘हामी कस्तो समाज निर्माण गर्दैछौँ?
डा.कोइरालाले दाहाललाई तत्काल रिहा गर्न सरकारसँग माग गर्दै यस्ता लोकतन्त्रविरोधी क्रियाकलाप भविष्यमा नदोहोर्याउन आग्रह गरेका छन्।
उनले भनेका छन्, ‘भरत दाहालको तुरुन्त रिहाइ गर्न र यस्ता लोकतन्त्रविरोधी क्रियाकलाप फेरि नदोहोरिने प्रतिबद्धताको लागि सरकारसँग आग्रह गर्दछु।’
लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि सरकार सचेत हुनुपर्नेमा उनले जोड दिएका छन् ।
































