Skip

Hamro Sanchar

वाग्लेको भारत भ्रमणमा झण्डा प्रकरण, रास्वपाले दियो यस्तो जवाफ !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ४ गते


Advertisement

४ असोज, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय झण्डा नदेखिएको विषय चर्चामा आएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले त्यसबारे स्पष्टीकरण दिएको छ।

रास्वपाका प्रवक्ता जगदिश खरेलले झण्डासम्बन्धी विषयलाई प्राविधिक प्रकृतिको भन्दै अर्थमन्त्री वाग्लेको भारत भ्रमणबाट भएका उपलब्धिलाई मुख्य रूपमा हेर्नुपर्ने बताएका छन्।

पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले भारतीय वित्तमन्त्रीसँग अर्थमन्त्री वाग्लेको भेटका क्रममा खिचिएको तस्बिरलाई लिएर प्रश्न उठेको बताए।

उनका अनुसार उक्त भेट भारतीय वित्तमन्त्रीको कार्यकक्षमा छोटो समयको सामान्य कुराकानीका क्रममा भएको थियो।

खरेलले नेपालमा पनि विदेशी मन्त्री वा उच्च अधिकारी नेपाली प्रधानमन्त्री तथा अर्थमन्त्रीको कार्यकक्षमा पुग्दा नेपालको राष्ट्रिय झण्डा मात्रै देखिन सक्ने उदाहरण दिँदै भारतमा भएको भेटलाई पनि सोही प्रकृतिको भएको बताए।

तर औपचारिक द्विपक्षीय वार्ताका क्रममा भने नेपाल र भारत दुवै देशका राष्ट्रिय झण्डा राखिएको उनको दाबी छ।

उनका अनुसार प्रतिनिधिमण्डलसहितको औपचारिक संवादमा डिजिटल डिस्प्ले तथा टेबलमा दुवै देशका झण्डा प्रयोग गरिएको थियो।

झण्डाको विषयलाई मात्रै केन्द्रमा राखेर अर्थमन्त्रीको भारत भ्रमणको समग्र उपलब्धिलाई ओझेलमा पार्न नहुने प्रवक्ता खरेलको भनाइ छ।

उनले अर्थमन्त्री वाग्लेको भारत भ्रमणबाट भएका उपलब्धि नै महत्वपूर्ण विषय भएको उल्लेख गर्दै भ्रमणलाई उपलब्धिपूर्ण रहेको बताएका छन् ।


प्रतिकृया दिनुहोस्