४ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले कांग्रेस बिभाजनको डलिमा पुगेको बताएका छन् ।
१५औं महाधिवेशन बहिष्कारको घोषणा गर्दै खड्काले कुनै चमत्कार नभए पार्टी विभाजनको डिलमा पुगेको बताए।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।
पार्टीभित्र दुई पक्षले १५ औं महाधिवेशन तोकेर समानान्तर गतिविधि गरिरहँदा नेता खड्काले सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेको जानकारी गराएका छन् ।
खड्काले पुनरावलोकन माग सहित आफू अदालत गएको हुँदा र अदाललते मुद्दा विचाराधिन अवस्थामा राखिरहेकोले महाधिवेशनको प्रक्रिया सहभागी नभएको बताएका छन् ।
महाधिवेशनको कार्यहरू रोक्न माग गर्दै अदालतमा निवेदन दर्ता गरे पनि कार्यतालिका रोक्न अदालतले आदेश नदिएको हुँदा दुई वटा महाधिवेशन हुने अवस्था आएको उनले बताए ।
उनले लेखेका छन्, ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ १ निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी हामीलाई निस्सा दियो र सो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ। यस्तो अ्वस्थामा सभापति गगन थापाको नेतृत्वमा प्राम्भ भएको कांग्रेसको महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेरो विश्वासको कारणले म महाधिवशनमा सहभागी नभएको व्यहोरा सम्बन्धित सबैमा प्रष्ट पार्न चहान्छु ।
































