Skip

Hamro Sanchar

त्रिशूली-१ जलविद्युत् आयोजनाबाट थप ११ शव निकालियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३ गते


Advertisement

३ असोज, काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।

भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण हराइरहेकामध्ये ११ जनाको शव निकालिएको हो ।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट–३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा फेला परेका ११ वटा शव निकालिएको नेपाली सेनाले जनाएको छ ।

थप खोजी कार्य जारी रहेको सेनाले बताएको छ ।


प्रतिकृया दिनुहोस्