३ असोज, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत फेला परेको छ।
निकुञ्जको विषहजारी पोस्टनजिकै रोनाल्डो मृत भेटिएको हो।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रोनाल्डो मृत भेटिएपछि अनुसन्धान सुरु गरिएको छ। हात्ती कसरी मर्यो भन्ने कुरा एकिन भइसकेको छैन।
मृत्युको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान अघि बढाइएको निकुञ्जले जनाएको छ। रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जमा प्रभावशाली र चर्चित जंगली हात्तीका रूपमा परिचित थियो।
निकुञ्जको विवरणअनुसार २०८३ असारसम्म निकुञ्जको केन्द्रमा जन्मिएका ६९ छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान हुन्।































