Skip

Hamro Sanchar

माथिल्लो त्रिशूली-१ को सुरुङभित्र थप ५ वटा शव भेटिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३ गते


Advertisement

३ असोज, काठमाडौं । माथिल्लो त्रिशूली–१ को सुरुङभित्र थप ५ वटा शव भेटिएका छन् ।

योसँगै एउटै सुरुङमा भेटिएको शवको संख्या १८ वटा पुगेको छ । यसअघि त्रिशूली–१ को अडिट–३ टनेलभित्र ढलान गर्नका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ६ वटा शव भेटिएका थिए ।

त्यसपछि निरन्तर खोजीकैक्रममा ७ वटा र बेलुका ५ वटा गरी भेटिएका शवको संख्या १८ पुगेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिएका छन् ।

आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट झण्डै साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोला अडिट–३ को झण्डै १०० मिटरभित्र सुरूङमा शव फेला परेका हुन् ।

भदौ १० मा बाढी आउँदा आयोजनाको सुरुङभित्र कामका लागि कति जना मजदुर प्रवेश गरेका थिए भन्ने एकिन विवरण छैन ।

फेला परेका शवको पहिचान तथा सनाखत गर्ने काम पनि बाँकी नै रहेको प्रहरीको भनाइ छ ।दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना रसुवामा निर्माणाधीन महत्त्वपूर्ण जलविद्युत् आयोजना हो ।

 


प्रतिकृया दिनुहोस्