Skip

Hamro Sanchar

आज संविधान दिवस मनाइँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३ गते


Advertisement

३ असोज, काठमाडौं । आज असोज ३ गते, संविधान दिवस । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

३ असोज २०७२ मा संविधानसभाबाट नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने गरिन्छ।

संविधान दिवसका उपलक्ष्यमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना हुँदै छन् ।

नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।

संविधान दिवसको अवसरमा नेताहरूले शुभकामना सन्देश पनि जारी गरेका छन् ।


प्रतिकृया दिनुहोस्