Skip

Hamro Sanchar

माथिल्लो त्रिशूली–१ को सुरुङबाट निकालियो १३ वटा शव

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २ गते


Advertisement

२ असोज, काठमाडौं । आज मात्रै माथिल्लो त्रिशूली–१ को सुरुङबाट १३ वटा शव निकालिएको छ ।

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा आज कुल १३ शव फेला परेका हुन् ।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ सुरुङभित्र ढलानका लागि बुनिएको फलामे डन्डीको जालीमा अल्झिएको अवस्थामा ती शव फेला पारेको हो ।

उद्धार टोलीले काट्ने उपकरण तथा उद्धार प्रविधिको प्रयोग गरी सुरुङबाट शव बाहिर निकालेको जनाएको छ ।

सुरुङभित्र खोजी कार्य जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ।


प्रतिकृया दिनुहोस्