२ असोज, काठमाडौं । काठमाडौँको असन भेडासिंहबाट झण्डै डेढकिलो सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको कलकता घर भइ हाल काठमाडौँ महानगरपालिका २६ भेडासिंह बस्ने ४१ वर्षीय मानिक दास रहेका छन्।
प्रहरीले एक किलो ४८२.८१ ग्राम सुनका गहना बरामद गरेको हो। उनले त्यहाँ सुनचाँदीका गरगहना अवैध रुपमा बिक्री वितरणका लागि भण्डारण गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको थियो।
घरको माथिल्लो तलामा उक्त गहना लगायतका सामान बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले जानकारी दिए।
यस्तै, उनको साथबाट ७ लाख ५६ हजार रुपैयाँ पनि बरामद गरेको एसपी कार्कीले बताए ।
































