Skip

Hamro Sanchar

अन्ततः देउवा पक्षका यि नेता फर्किए सानेपा !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १ गते


Advertisement

१ भदौ, काठमाडौं । अन्ततः नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवानिकट नेताहरु सानेपा फर्किएका छन्।

उनीहरू गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुने नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् ।

विशेष महाधिवेशनबाट आएको कार्यसमितिले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई वर्तमान कार्यसमितिमा समेट्ने निर्णय गरेपछि देउवा पक्षका नेताहरू सानेपा फर्किएका हुन्।

डिना उपाध्याय, श्याम घिमिरे, रामहरि खतिवडा, सुरेन्द्र पाण्डे, मीनबहादुर विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, इन्द्रबहादुर बानियाँ, जीवनबहादुर शाही र सुशीला थिङलगायत नेताहरू गगन नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी हुने तयारीमा छन्।

कांग्रेसले आज केन्द्रीय समितिको समायोजनसम्बन्धी बैठक गर्दैछ। त्यसपछि महाधिवेशन प्रक्रिया अघि बढाउने तयारी छ। यसअघि देउवा पक्षले छुट्टै तालिकाअनुसार महाधिवेशन अघि बढाउने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्