Skip

Hamro Sanchar

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १ गते


Advertisement

१ असोज, काठमाडौं । मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको छ।

मनास्लु आरोहणका क्रममा सिंगापुर आरोही ५० वर्षीय लाउ वी सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका-१ सामागाउँस्थित मनास्लु हिमालको दोस्रो शिविरबाट आधारशिविर फर्कने क्रममा सेङको मृत्यु भएको श्रेष्ठले जानकारी दिए।

उनी यही भदौ २२ गते मनास्लु आरोहणका लागि सामागाउँ पुगेका थिए ।


प्रतिकृया दिनुहोस्