Skip

Hamro Sanchar

कांग्रेस नेता तथा पूर्वमन्त्री शाहीको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १ गते


Advertisement

१ असोज, सुर्खेत । नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको निधन भएको छ ।

हृदयाघातपछि प्रदेश अस्पताल सुर्खेतमा उपचाररत ७७ वर्षीय शाहीको बुधबार बेलुका निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–बुडेली निवासी शाही कर्णालीको राजनीतिमा लामो समयदेखि सक्रिय थिए ।

उनले नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हालेका थिए ।


प्रतिकृया दिनुहोस्