१ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीचको सम्बन्ध तथा राजनीतिक समीकरणमाथि प्रश्न उठाएका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले लामिछानेले प्रधानमन्त्री शाहका कमजोरीहरू ढाकछोप गर्दै निरन्तर प्रतिरक्षा गरिरहेको दाबी गरेका छन्।
अर्कोतर्फ प्रधानमन्त्री शाहले भने रविका प्रस्ताव र सुझावलाई बेवास्ता गरिरहेको उनको भनाइ छ।
पोखरेलले दुई नेताबीचको सम्बन्धलाई ‘असन्तुलित’ भन्दै यस्तो सम्बन्धले आगामी दिनमा कस्तो रूप लिने हो भन्नेबारे प्रश्न गरेका छन्।
साथै, यो समीकरणका कारण भविष्यमा मुलुकले कस्तो मूल्य चुकाउनुपर्ने हो भन्ने विषयमा समेत उनले कौतुहलता व्यक्त गरेका छन्।
































