Skip

Hamro Sanchar

चिलिमेको सुरुङभित्र ५ जनाको शव भेटियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३१ गते


Advertisement

३१ भदौ, काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावर हाउस नजिक ट्रलीले ब्रेकथ्रु गरेपछि पाँच जनाको शव फेला परेको छ ।

नेपाली सेनाका अनुसार बाढीपहिरोपछि सुरुङभित्र बेपत्ता भएकाहरूको खोजीका क्रममा उद्धार टोलीले पाँच जनाको शव भेटाएको हो ।

फेला परेका शवको पहिचान तथा अन्य विवरण खुल्न बाँकी रहेको सेनाले जनाएको छ ।

१० भदौमा आएको भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यसलगत्तै सुरक्षाकर्मीले खोज, उद्धार जारी राखेका छन् ।


प्रतिकृया दिनुहोस्