Skip

Hamro Sanchar

तीजमा गगन थापाको शुभकामना : ‘सबै नेपालीको जीवनमा सुख-शान्ति छाओस्’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २९ गते


Advertisement

२९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र आत्मीयताको शुभकामना व्यक्त गरेका छन्।

तीज नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्व भएको उल्लेख गर्दै थापाले विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले नेपालको मौलिकता झल्काउने बताएका छन्।

उनले चाडपर्व केवल उत्सवको अवसर मात्र नभई पुस्तौँदेखि नेपालीको सामाजिक जीवन, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानसँग जोडिँदै आएको उल्लेख गरेका छन्।

तीजले नेपाली महिलाको आस्था, भावना र आत्मीयतालाई जोड्दै पारिवारिक सम्बन्धमा अपनत्व र आत्मीयता अभिवृद्धि गर्दै आएको उनको भनाइ छ।

थापाले चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको बताएका छन्।

यिनै सांस्कृतिक परम्पराले नेपाली समाजलाई जोड्ने आधार निर्माण गरेको उनको शुभकामना सन्देशमा उल्लेख छ।

हरितालिका तीजले सबै नेपालीको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र आत्मीयता थपोस् भन्दै उनले तीजको अवसरमा शुभकामना व्यक्त गरेका छन्।


प्रतिकृया दिनुहोस्