२८ भदौ, काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ ।
आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि भनिएको छ ।
































